काठमाडौं, १ कात्तिक । बितेको २४ घण्टामा देशभर ३ हजार १६७ जना नयाँ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ७४६ जना थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा देशभर १५ हजार ४३८ जनाको नमूना परीक्षण गरिएको थियो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ जना छन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस