१ कार्तिक २०८३, आइतबार

काठमाडौं उपत्यकामा थपिए १७४६ जना कोरोना संक्रमित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । बितेको २४ घण्टामा देशभर ३ हजार १६७ जना नयाँ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ७४६ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार ४३८ जनाको नमूना परीक्षण गरिएको थियो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ जना छन् ।