
चितवन, १ कात्तिक । चितवनको खैरहनी नगरपालिका–१२ का वडा सदस्य ४९ वर्षीय बद्रीबहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
क्यान्सर रोगबाट समेत पीडित उनलाई भरतपुर अस्पतालमा उपचार गरिँदै आएको थियो । असोज २८ गते सङ्क्रमण पुष्टि भएपछि उपरचार गरिँदै आए पनि शुक्रबार राति उनको मृत्यु भएको हो ।
खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।















प्रतिक्रिया