१ कार्तिक २०८३, आइतबार

भाइले गरे दाइको हत्या

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सल्यान, १ कात्तिक । सल्यानमा बिहीबार राति आफ्नै भाइले दाइको हत्या गरेका छन् ।

जिल्लाको वनगाड कुपिण्डे नगरपालिका–१० थापाचौरमा दाउरा प्रहार गरी २० वर्षीय देवीलाल पुनले आफ्नै दाइ २४ वर्षीय अम्मरको हत्या गरेको प्रहरीले बताएको छ ।

मदिरा सेवन गरेका भाइले दाउरा प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । बिहीबार साँझ देवीलालले दाइको हत्या गरेर शव गाउँ नजीकैको जोगेन्द्र भन्ने जङ्गलको ओडारमा फालिएको अवस्थामा स्थानीयवासीले शुक्रबार फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

घरमा दाइ एक्लै भएका बेला हत्या गरी देवीलाल फरार भएको वडाध्यक्ष पुरीले जानकारी दिए ।