१ कार्तिक २०८३, आइतबार

भेरी अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

नेपालगञ्ज, १ कात्तिक । भेरी अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो निवासी १८ वर्षीया किशोरीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । उनी असोज २९ गते अस्पताल भर्ना भएकी थिइन् ।

त्यस्तै, नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगरका ६१ वर्षीय पुरुषको पनि शुक्रबार राति नै सोही अस्पतालमा मृत्यु भएको हो । कोरोना संक्रमन पुष्टि भएपछि उनी असोज २५ गते अस्पताल भर्ना भएका थिए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । त्यस्तै, बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका थप १३ को पनि मृत्यु भएको छ ।