काठमाडाैं, १ कात्तिक । चीनले हुम्लामा नेपाली भूमि नमिचिएको दाबी गरेकेा छ ।
चीनले निर्माण गरिएका भवनहरू चिनियाँ भूमिभित्रै रहेको दाबी गरेकाे छ । नयाँ गाउँ चीनको अलिको बुराङ भन्ने स्थानमा पर्ने उनीहरूले बताएका छन् ।
चिनियाँ सरकारको मुखपत्र दि ग्लोबल टाइम्ससँग बुराङका विदेशी मामिला निर्देशक बकीले मे महिनामा सो भवनहरू निर्माण गर्नुभन्दा पहिला सेना र सर्वेका अधिकारीले भवन निर्माण चिनियाँ भू-भागभित्र नै बनोस् भनी विस्तृत सर्बे र म्यापिङ गरेको बताएका छन् ।
नेपालमा चीनले सीमा मिचेको विषय उठेपछि चिनियाँ अधिकारीहरूले दोस्रो पटक फिल्ड सर्वे र मापनको काम गरेका थिए ।











प्रतिक्रिया