
बैतडी, ३० असोज । सुदूरपश्चिमकै दोस्रो ठूलो विमानस्थल बैतडीको पाटन विमानस्थलबाट हवाई उडान फेरि सुरु भएको छ ।
२५ वर्षपछि प्रदेशको अस्थायी राजधानी धनगढीलाई बेस बनाएर शुक्रबारदेखि हवाई उडान सुरु भएको हो ।
विसं २०५२ सालदेखि बन्द रहेकोे विमानस्थलमा अबदेखि नियमित उडान हुने बताइएको छ । समिट एअरले हप्ताको एकदिन उडान भर्ने गरी नियमित रुपमा धनगढी–बैतडी–धनगढी सेवा दिने भएको छ ।
धनगढीबाट हरेक मंगलबार बिहान १० बजे बैतडीका लागि विमान उड्ने छ । धनगढीबाट बैतडीको भाडा ३ हजार ८०० रुपैयाँ तोकिएको छ ।















प्रतिक्रिया