८ कार्तिक २०८३, आइतबार

गलत सूचना र सल्लाह दिनेसँग नमिठो सम्बन्ध हुन्छ : सञ्चारमन्त्री गुरुङ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्राप्त जिम्मेवारी पूरा गर्न मन्त्रालयका विभाग र मन्त्रालय सम्बद्ध निकायका प्रमुखहरूसँग सकारात्मक सोचका साथ सहकार्य गर्न आफू उत्सुक रहेको बताएका छन् ।

सञ्चार मन्त्रालयमा बिहीबार आयोजित स्वागत समारोहमा उनले सम्बद्ध सबै निकाय तथा विभागीय प्रमुखबाट पनि सकारात्मक भावनाका साथ आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

मन्त्री गुरुङले भने,‘तर सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा यो मन्त्रीलाई केही थाहा छैन भनेर गलत सूचना तथा सल्लाह दिई दिग्भ्रमित पार्न खोज्ने कसैलाई पनि क्षमा गर्न सकिन्न ।’

मन्त्री गुरुङले कोभिड –१९ महामारीबाट आक्रान्त यस संकटमय घडीमा गुणस्तरीय इन्टरनेट सेवा दिएर लाखौंलाख बालबालिकाको अध्ययनअध्यापनलाई सहज बनाउन ध्यान दिनुपर्ने औंल्याए ।

उनले कसरी डिजिटल नेपाल फ्रेमवर्कलाई सफलताको विन्दुमा पु¥याउन सकिन्छ र हाल अस्तित्वमा रहेनरहेको छुट्याउन कठिन भएको हुलाक सेवालाई पुनर्जीवित तथा अत्याधुनिक बनाउन सकिन्छ भन्नेतर्फ पनि ध्यान जानुपर्ने बताए ।

आफूले अहिले नै निर्देशन दिन नचाहेको तर निकट भविष्यमै सबै निकाय र विभागबाट जानकारी लिएपछि सरकारको दृष्टिकोण र निर्देशन प्रस्तुत गरिने मन्त्री गुरुङले जानकारी दिए । –रासस