८ कार्तिक २०८३, आइतबार

ग्लोबल बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असोज । ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ ।

काठमाडौँको मध्य बानेश्वरस्थित बैंकका सुरक्षा गार्ड रुद्र बहादुर गुरुङमाथि खुकुरी प्रहार भएको हो । अपरिचित व्यक्तिले गार्ड गुरुङले नै बोकेको खुकुरी झिकेर उनीमाथि प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार भएपछि सुरक्षा गार्ड लडेका थिए । प्रहार गर्ने व्यक्ति फरार भएका प्रहरीले जनाएको छ ।

बैंकमा पैसा साट्न लाइनमा बस्दा विवाद भएपछि सुरक्षा गार्डले बोकेको खुकुरी खोसेर प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट सुरक्षा गार्डको हातमा चोट लागेको छ र उनको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ । खुकुरी प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।