८ कार्तिक २०८३, आइतबार

१६ वर्षीया किशोरीमाथि करणी गरेको अभियोगमा पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २९ असोज । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका ४ सितापाईला बस्ने गोरखा पालुङटार नगरपालिका २ घर भएका ४० वर्षीय दिपेश देवकोटालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

दिपेशले असोज ८ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।