१ कार्तिक २०८३, आइतबार

नवनियुक्त तीन जना मन्त्रीले साढे ११ बजे शपथ लिँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेर थप गरेका तीन जना मन्त्रीले आज बिहीबार बिहान साढे ११ बजे शपथ लिँदै छन् ।

उनीहरुले राष्ट्रपति कार्यालय शितलनिवासमा शपथ लिने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले बुधबार १२औँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन् ।

अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहाका लिलानाथ श्रेष्ठ नियुक्त भएका छन् । त्यस्तै २ जना मन्त्रीको जिम्मेवारी पनि हेरफेर गरिएको छ ।

जसअन्तर्गत उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ भने पोखरेल नेतृत्वको रक्षा मन्त्रालय प्रधानमन्त्री स्वयम्ले हेर्ने भएका छन् ।

यस्तै सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई दिएर पार्वत गुरुङले सम्हाल्दै आएका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिएको छ । सहरी विकासमा भने कृष्णगोपाल श्रेष्ठलाई नियुक्त गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नयाँ मन्त्रिहरुको नियुक्ति र जिम्मेवारी हेरफेर गरेकी हुन् ।

यो पनि पढ्नुहोस्–