शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

विष्णु पौडेल अर्थमन्त्रीसहित थपिए ३ जना मन्त्रीहरु

दैनिक नेपाल २०७७ असोज २८ गते १८:०३

काठमाडौँ, २८ असोज । मन्त्रिपरिषद पुनर्गठन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका तीन वटा मन्त्रालयमा मन्त्रीहरु नियुक्त गरेका छन् ।

१२ औँ पटक मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री ओलीले रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन् ।

त्यस्तै २ मन्त्रीको जिम्मेवारी पनि हेरफेर गरिएको छ ।

अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहाका लिलानाथ श्रेष्ठ नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तीनै जना मन्त्रीहरुको नियुक्त गरेकी हुन् । यसअघि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री ओली तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । नवनियुक्त मन्त्रीहरुको आजै साँझ वा भोलि सपथ ग्रहण हुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित