८ कार्तिक २०८३, आइतबार

नेकपाले बोलायो कर्णालीका मुख्यमन्त्री शाहीसहित प्रदेश पदाधिकारीलाई काठमाडौँ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असोज । सत्तारुढ नेकपाले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसहित कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई काठमाडौँ बोलाएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल प्रचण्डले प्रदेश इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई छलफलका लागि बोलाएका हुन् ।

मंगलबार बालुवाटारमा भएको ओली र दाहालबीचको छलफलपछि यस्तो निर्णय भएको हो ।

मुख्यमन्त्री शाहीविरुद्ध नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला र गुलावजङ्ग शाहलाई काठमाडौँ बोलाइएको छ । दलका मुख्य सचेतक रहेका शाहलाई पदबाट हटाइसकिएको छ ।