१ कार्तिक २०८३, आइतबार

कर्णालीमा अविश्वासको प्रस्ताव अघि नबढाउन सुवास नेम्वाङको सुझाव

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । पूर्व सभामुख समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि नबढाउन सुझाव दिएका छन् ।

अविश्वासको प्रस्तावको नेतृत्व गरिरहेका प्रदेश सभा सदस्य यामलाल कँडेललाई टेलिफोनमार्फत उक्त सुझाव दिएका हुन् । अविश्वासको प्रस्ताव अगाडि बढाउने प्रक्रियाबारे आफूलाई सोधनी भएको र सो क्रममा उक्त प्रस्ताव अगाडि नबढाउन सुझाव दिएको नेम्वाङले बताएका छन् ।

कर्णालीमा भइरहेको राजनीतिक गतिविधि र त्यसले उत्पन्न गरेको विवाद आफूलाई चित्त नबुझेको भन्दे उनले यसमा आफ्नो कुनै समर्थन नरहने समेत स्पष्ट पारेका छन् ।

नदेखिनुपर्ने समस्या देखिइसकेपछि चाँडो समाधान गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । यसबारे आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुराकानी गरेको र चाँडै समाधान निस्किने विश्वास व्यक्त गरेका छन् ।

उनका अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमै कर्णालीमा ल्याइएको अविश्वासको प्रस्तावलाई राजनीतिक अराजकता भनिसकेका छन् । आफूलाई जानकारी नै नदिई अविश्वासको प्रस्ताव ल्याएकोमा प्रधानमन्त्री पनि यस विषयमा असन्तुष्ट रहेको नेम्वाङको दाबी छ ।

यो पनि पढ्नुहोस्–