१ कार्तिक २०८३, आइतबार

प्रधानसेनापति र कतारका राजदूत बीच भेटवार्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग कतारका महामहिम राजदूत यूसुफ बिन मोहम्मद अल-हेल जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

राजदूत यूसुफ बिन मोहम्मद अल-हेल प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरु सँग हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाको बिज्ञप्तिमा उल्लेख छ ।