
विराटनगर, २६ असोज । नोबेल मेडिकल कलेज विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।
शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । उपचारका लागि आइतबार साँझ नोबेल ल्याइएका उनको राति मृत्यु भएको हो ।
मृतक दुवै मिर्गौला फेल भएर डाइलासिस गराउँदै आएका थिए ।















प्रतिक्रिया