८ कार्तिक २०८३, आइतबार

गोपिगञ्जमा अनुमति विनै सूर्ति बेच्ने व्यापारीलाई २ लाख जरिवाना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

-मोहन पौडेल

परासी, २५ असोज । पश्चिम नवलपरासीको गोपिगञ्जमा अनुमति बिनै सूर्तिजन्य पदार्थको विक्री वितरण गर्ने व्यापारी कारवाहीमा परेका छन् ।

जिल्ला बजार अनुगमन समितिले आज प्रतापपुर गाउँपालिका–२ गोपिगञ्जमा बजार अनुगमन गर्ने क्रममा अनुमति विनै सूर्तिजन्य पदार्थ बिक्री गरिरहेको पाईएपछि दोस्ति पान तथा किराना पसललाई रु दुई लाख जरिवाना गरेको हो ।

टोलीले उक्त पसलले लुकाएर राखेको सूर्तिजन्य पदार्थ जफत गरी नष्ट पनि गरेको नरीक्षण अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी माझीले जानकारी दिए ।

टोलीले त्यहाँ लुकाएर राखिएको ३६ प्याकेट गुट्खा नियन्त्रणमा लिएर नष्ट गरेको छ । गोपिगञ्जकै जानकी स्टोर्सलाई पनि रु ५५ हजार जरिवाना गरिएको छ । उक्त पसलबाट पनि ३७ प्याकेट गुट्खा र चार प्याकेट सूर्ति नियन्त्रणमा लिएर नष्ट गरिएको हो ।

यस्तै लेभल विनै उत्पादीत वस्तु बजारमा पठाएको पाईएपछि बर्दघाट नगरपालिका–१२ चौपत्ताको सूर्य मसला उद्योगलाई शिल गरिएको छ ।उद्योगले उद्योग विभागबाट लिनुपर्ने ट्रेड मार्क नलिएको, दर्ता प्रमाणपत्र देखाउन नसकेको, प्याकेजिङ्गको अनुमति नलिएको, साईनबोर्ड विनै गाउँमा सञ्चालन गरेको पाईएपछि उक्त उद्योगलाई रु ६० हजार जरिवाना सहित शिल गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण निर्देशनालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, प्रतापपुर गाउँपालिका, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिसहितको अनुगमन समितिले गोपिगञ्जमा रहेका खाद्यन्न, किराना, फेन्सी, हार्डवेयर, एग्रोभेट, पान पसल लगायत १० वटा फार्ममा अनुगमन गरेको थियो ।

अनुगमन टोलीले दाउन्ने शक्ति टेडर्सबाट म्याद गुज्रेका ५९ डिब्बा पेन्ट, त्रिवेणी एग्रोभेटबाट म्याद गुज्रेकाक सात डिब्बा पशुजन्य औषधी, राजु टेडर्सबाट म्याद गुज्रेका २९ प्याकेट पिङ्की गुट्खा,शिशिर स्टोर्सबाट लेभल नभएका अजिनामोटा २९ प्याकेट जफत गरी नष्ट गरेको छ ।