८ कार्तिक २०८३, आइतबार

वार्षिक वजेट कार्यक्रमको वुकलेट हस्तान्तरण

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-वि वि श्रेष्ठ

दमौली, २५ असोज । गण्डकी प्रदेश तनहुँ क्षेत्र नं १,(क) का सासद राम वहादुर गुरुङ्गले वार्षिक वजेट कार्यक्रम समावेश गरिएको वुकलेट नेकपा तनहुँका अध्यक्ष एवं प्रतिनिधीसभाका सदस्य केदार सिग्देललाई हस्तान्तरण गरेका छन् ।

प्रदेश सांसद निर्वाचित भएपछि विकास निर्माण सम्वन्धि वजेट विनियोजन र योजना सम्पन्न भएको कार्यक्रमको वाािर्षक वजेट कार्यक्रम हस्तान्तरण गरेका हुन् ।

आर्थिक वर्ष ०७५/०७६, ०७६ /०७७ र ०७७ /०७८ मा वजेट विनियोजन गरेको र काम भएको विवरण सहितको पुस्तक नेकपा अध्यक्ष केदार सिग्देललाई हस्तान्तरण गरेका हुन् ।

३ आर्थिक वर्षमा प्रदेश सासंद राम वहादुर गुरुङ्गले आफनो क्षेत्रमा भएको वजेट निकासी र विकास को गति आम जनतालाई जानकारी दिने उद्येश्य स्वरुप वुकलेट निष्कासन गरेको बताए । आम जनताले यो अवधिसम्म के कति काम भयो भन्ने जानकारी सहज रुपमा प्राप्त गरोस भन्ने ध्येयले वुकलेट प्रकाशन गरेको बताए ।

सोही अवसरमा वार्षिक वजेट कार्यक्रमको वुलेटिन वुझनुहुदै नेकपाका जिल्ला अध्यक्ष एव प्रतिनिधीसभाका सासंद केदार सिग्देलले वुकलेटले यो अवधिमा भएको कामको विवरण र हुने योजनको विवरण समावेशले यथार्थता प्रष्ट पारेको बताए ।

जनताको अन्यौलता चिर्नका लागी वुकलेट फलदायी हुने विश्वास लिदै वजेट विनियोजन भएको कार्यक्रमको कार्यन्वयनमा ध्यान दिन पनि उनले आग्रह गरे ।

अवको सरकारको कार्यभार सुखी नेपाली समृद्ध नेपाल भएको वताउनुहुदै भएको विकास निर्माण जनताले थाहा पाउनुपर्ने र जनमुखी काम गर्नुपर्ने समेत उनले वताए ।