
काठमाडौँ, २५ असोज । पछिल्लो समय कोरोनाभाइरस संक्रमण बढीरहेकाले सरकारले सबैलाई सजग र सतर्क रहन आग्रह गरेको छ ।
सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कसैले पनि लापरवाही नगर्न आग्रह गरेका हुन् । उनले जनस्तरबाट लापरवाही भए सरकार फेरि लकडाउन गर्न बाध्य हुने पनि जानकारी गराए ।
चाडबाड नजिकिँदै गरेका बेला नागरिकले सचेत नभए वा अवज्ञा गरे सरकारले कडा कदम चाल्ने अवस्था आउने प्रवक्ता ज्ञवालीले जनाए ।
सानो लापरबाहीले गर्दा जीवनमा नै जोखिम आउन सक्ने भन्दै चाडबाडका बेला झन् संवेदनशील बन्न मन्त्री ज्ञवालीले आग्रह गरेका थिए ।
त्यस्तै, विज्ञहरुले पनि सबैलाई संक्रमणको जोखिमबाट बच्न सजग रहन आग्रह गरेका छन् ।















प्रतिक्रिया