१ कार्तिक २०८३, आइतबार

कुन–कुन जिल्लामा छन् ५०० भन्दा बढी संक्रमित ?

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । नेपालमा कुल संक्रमितको संंख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।

उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण गर्दा देशभर २०७१ जना कोरोना संक्रमित थप भएका छन् ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतबार दिइएको जानकारी अनुसार देशका ८ वटा जिल्लामा ५०० जना भन्दा बढी संक्रमित रहेका छन् । काठमाडौं, चितवन, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, रुपन्देही र सुर्खेतमा ५०० जना भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

जानकारी अनुसार प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा ५०० जना भन्दा बढी संक्रमितहरुको उपचार भइरहेको छ ।

यस्तै गण्डकी प्रदेशका दुई जिल्ला मनाङ र मुस्ताङमा भने संक्रमितको संख्या शून्य छ । प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा ५०० भन्दा कम संक्रमितको उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।