
काठमाडौँ, २५ असोज । नेपालमा गत २४ घण्टामा थप १ हजार ५ सय ५२ जनाले कोरोना जितेका छन् ।
आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ जना संक्रमणमुक्त भएको जानकारी दिएका छन् ।
योसहित निको हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ ।
नेपालमा थप २ हजार ७१ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।















प्रतिक्रिया