१ कार्तिक २०८३, आइतबार

काठमाडौं उपत्यकामा थपिए १ हजार ४१६ जना संक्रमित, बाहिर कहाँ कति ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४१६ जना नयाँ संक्रमित थप भएका छन् ।

काठमाडौंमा १ हजार १४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै उपत्यका बाहिर बर्दियामा १०४, रुपन्देहीका ९८, बाग्लुङमा ३६, कैलालीमा ३६, अर्घाखाँचीमा ३४, दाङमा ३२, सप्तरीमा २८, नुवाकोटमा २५, कास्कीमा २४ र गोरखामा २० जना नयाँ संक्रमित थपिएका छन् ।

यसैगरी बाँकेमा २०, कञ्चनपुरमा १७, महोत्तरीमा १३, नवलपरासीमा १३, उदयपुरका १२, बाराका ११ तथा कपिलवस्तु र डोटीमा १०÷१० जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै लमजुङ, दैलेख र रुकुम पश्चिममा ९÷९ जना, सिराहामा ७, धादिङमा ६, मकवानपुरमा ५, रौतहट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक र गुल्मीका ४/४ जना, मोरङ, सर्लाही, चितवन, दोलखा, नवलपुर, प्युठान र डोल्पामा ३/३ जना, धनुषा, स्याङ्जा, पाल्पा, रुकुम पूर्व, कालीकोट, सल्यान, सुर्खेत र बैतडीमा २/२ जना तथा ओखलढुंगा, झापा, सोलखुम्बु, पर्सा, तनहुँ, पर्वत, रोल्पा, जुम्ला, अछाम र दार्चुलामा १÷१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।