१ कार्तिक २०८३, आइतबार

चेकिङमा ट्राफिक प्रहरीलाई २०० रुपैयाँ दिएपछि…

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । ट्राफिक प्रहरीको नियमित चेकजाँचमा परेपछि काठमाडौं महानगरपालिका–२७ स्थित ठमेलमा एक सवारीचालकले प्रहरीलाई २०० रुपैयाँ थमाएका छन् ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलबाट नियमित चेकिङमा खटिएको प्रहरीलाई ती चालकलले नगद २०० रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पारेपछि प्रहरीले उनलाई तत्काल पक्राउ गरेको छ ।

बा. ४२ प. ६२६८ नम्बरको मोटरसाइकल चालक बारा कलैया नगरपालिका–२० का ३५ वर्षीय ब्रिज किशोर साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको बताएको छ ।

साहले गलत साइडबाट मोटरसाइकल ल्याएपछि रोकेर कागजपत्र जाँच गर्ने क्रममा कागजपत्रभित्र उक्त नगद हाली प्रहरीलाई घुस दिन खोजेपछि उनलाई प्रहरीले उक्त घुस नगदसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।