१ कार्तिक २०८३, आइतबार

कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २५ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपाकै १८ जना सांसदहरुले आइतबार हस्ताक्षर संकलन गरी संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई बुझाएलगत्तै प्रदेशसभा सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेललगायत छन् । शाही कम्युनिष्ट पार्टीबाटै निर्वाचित सांसद तथा मुख्यमन्त्री हुन् ।