१ कार्तिक २०८३, आइतबार

डा. गोविन्द केसीसँगको सहमतिमा फेरि धोका नहोस : यूएसएनपीआरसी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । यूएस नेपाल पोलिसी रिसर्च सेन्टर (यूएसएनपीआरसी) ले डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ ।

सहमति कार्यान्वयनमा जोड दिँदै सेन्टरले फेरि पनि धोकाको वातावरण बन्न नहुनेमा सबै पक्षलाई सचेत गराएको छ । चिकित्सा शिक्षा र सेवा सुविधामा सबै नेपालीको सहज पहुँचका लागि लामो समयदेखि आवाज उठाइरहेका वरिष्ठ हाडजोर्नी विशेषज्ञ समेत रहेका डा. गोविन्द केसी र सरकारबीच शनिबार राति लिखित सम्झौता भएसँगै आइतबार बिहान उनले २८औं दिनमा १९औ पटकको अनसन तोडेका छन् ।

तर डा. केसीले फेरि भविष्यमा अनसन बस्न नपर्ने गरी भएका र गरिएका सम्झौता र सहमतिको इमान्दार र सार्थक कार्यान्वयनका लागि सरकारबाट पहल हुनुपर्ने केन्द्रको भनाइ छ ।

‘अहिले कोभिड–१९ को स्वास्थ्य महामारी र सरकारबाट भएको व्यवस्थापनको भयावह अवस्थाले पनि डा. केसीले उठाउँदै आएका विषय र मागहरु पुरा गरिनु कति महत्वपूर्ण छ भन्ने पुष्टी गर्दछ’, यूएसएनपीआरसीले भनेको छ ।