८ कार्तिक २०८३, आइतबार

एकै परिवारका ८ जनामा कोरोना संक्रमण

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, २४ असोज । सन्धिखर्क नगरपालिका वडा नं १ मा एकै घर परिवारका आठ जनामा कोरोना संक्रमण भएको छ ।

शीतगङ्गा नगरपालिका–७ जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका विशाल खड्काको परिवारका आठ जनामा कोरोना देखिएको हो। उनकी आमा, श्रीमती, छोरा, छोरी, भाइ र दुई बहिनीमा कोरोना देखिएको विशाल खड्काले बताए।

यससँगै आज जिल्लामा थप ३४ कोरोना संक्रमित बिरामी थपिएका छन्।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा समुदायस्तरका ३४ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले जानकारी दिए ।

यससँगै अर्घाखाँचीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४८६ पुगेको छ। सक्रिय संक्रमितको सङ्ख्या ९० रहेको छ। कोरोनाका सङ्क्रमणबाट चार जनाको ज्यान गएको छ । –रासस