२ कार्तिक २०८३, सोमबार

वर्ता टोलील डा. केसीलाई अनशन अन्त्य गर्न आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असोज । सरकारले २७ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई अनशन अन्त्य गर्न आग्रह गरेको छ ।

सरकारी टोलीले एक विज्ञप्ति जारी गर्दै टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले मुलुक कोरोनाले आक्रन्त रहेको बेला अनशन अन्त्य गर्न अनुरोध गरेका हुन् ।

१९ औँ अनशनमा रहेका डा. केसीलाई यसअघि सरकारका प्रवक्ता प्रदीप ज्ञवाली र शिक्षा मैनालीले पनि अनशन अन्त्य गर्न आग्रह गरेका थिए ।

शुक्रबार राति डा. केसीको पक्षका वार्ता टोलीसँग बिना निर्ष्कष वार्ता टुंगिएको थियो । केहीबेर अघि शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका थिए ।

त्यसपछि विज्ञप्ति आएको हो । ‘कोरोनाको विषम परिस्थितिलाई आत्मसात गर्दै अनशन अन्त्य गर्न वार्त समिति विनम्रपूर्वक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।