
काठमाडौँ, २४ असोज । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ ।
शनिबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप १४ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।
यससँगै मृतकको संख्या ६ सय १४ पुगेको छ ।
शनिबार देशभर थप ५ हजार ८ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया