८ कार्तिक २०८३, आइतबार

दाङमा एक कोरोना संक्रमित महिलाको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असोज । दाङमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

दाङको बेल्झुण्डीस्थित कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत तिलोत्तमा नगरपालिका ३ रुपन्देहीकी ६६ वर्षीया महिलाको शनिबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतक महिलालाई लुम्बिनी प्रादेशिक अस्पतालबाट रिफर गरी शुक्रबार राती बेलझुण्डी लगिएको थियो । उनी उच्च रक्तचाप र मधुमेहको पनि बिरामी रहेको अस्पतालले जनाएको छ ।