
काठमाडौँ, २४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ ।
भेटवार्तामा महासचिव विष्णु पौडेल पनि सहभागी रहेका छन् ।
उनीहरुबीच मन्त्रिपरिषद पुनर्गठन तथा पार्टी एकताको पूर्णताका विषयमा छलफल भइरहेको बताइएको छ ।
भदौ २६ गते सकिएको स्थायी कमिटीको बैठकले असोज महिनाभित्र पार्टी एकतालाई पूर्णता दिने निर्ण गरेको थियो । त्यस्तै, असोज ६ गतेको सचिवालयले एकताको बाँकी काम टुंग्याउने प्रस्ताव बनाउन अध्यक्षद्वय र महासचिवलाई जिम्मा दिएको थियो ।
पछिल्लो समय ओली प्रचण्डबीच भएको निरन्तरले छलफलमा कुनै ठोस निष्कर्ष निस्केको छैन । आजको छलफलले केही निष्कर्ष दिने अपेक्षा गरिएको छ ।















प्रतिक्रिया