३० आश्विन २०८३, शुक्रबार

ऋण काढेर पोल गाड्दा पनि बत्ती बल्न सकेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

light-magdiकञ्चनपुर, ७ चैत । विद्युत् सेवा विस्तारका लागि कञ्चनपुरको कृष्णपुर–१ कुञ्जगली मुक्त कमैया बस्तीमा पोल गाडेको दुई वर्ष बितेपनि बत्ती बल्न नसक्दा मुक्त कमैया परिवार अध्यारोमा बस्न बाध्य छन् ।

ऋण काढेर मुक्त कमैया बस्तीमा विद्युत्का पोल र तारको व्यवस्था गरेपनि प्राधिकरणले मिटर उपलब्ध नगराउँदा मुक्त कमैया परिवार अध्यारोमै बस्न बाध्य भएका हुन् ।

मुक्त कमैया परिवारले गरिबी निवारण कोषबाट रु १३ लाख ९२ हजार ऋण लिएर पोल र तार खरिद गरी जडान गरेपनि विद्युत् बल्ने पत्तो नहुँदा मुक्त कमैया परिवारले विद्युत्का लागि सास्ती व्यहोर्नुपरेको छ ।

लामो समयसम्म विद्युत् सेवा सञ्चालन नहुँदा घरमा गरिएको वाइरिङसमेत मुसाले काट्न थालेको स्थानीय रामशरण चौधरीले बताउनुभयो ।

एक लिटर मट्टितेल खरिद गर्न रु १०० गाडी भाडा तिरेर कैलालीको अत्तरिया पुग्नुपर्ने बाध्यता रहेको क्रिमबहादुर थारुको भनाइ छ । रासस