१ कार्तिक २०८३, आइतबार

अनुपालाई ठक्कर दिएर भागेको मोटरसाइकल भेटियो, पूर्वमन्त्री खड्का होलान त दोषमुक्त ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २३ असोज । बुढानिलकण्ठ–६ की अनुपा कार्कीलाई ठक्कर दिएर भागेको मोटरसाइकल र चालकलाई प्रहरीले फेला पारेको छ ।

असोज ७ गते दिउँसो १२ः५० बजे काठमाडौं महानगरपालिका–३ त्रिवि शिक्षण अस्पतालको मुलसडक खण्डको जेब्रा क्रसिङमा २६ वर्षीया अनुपा कार्की र उनका ३० वर्षीय श्रीमान विक्रम कार्कीलाई ठक्कर दिएर भागेको प्रदेश नम्बर ३–०२–००७ प ७६१५ नम्बरको ‘एफजेड’ मोटरसाइकल र त्यसका चालक २१ वर्षीय सुरज विकलाई महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले पक्राउ गरेको बताएको छ ।

बागबजारमा लुकेर बसेका मकवानपुरको वागमती गाउँपालिका–७ का विकले चलाएको उक्त मोटरसाइकलले कार्कीलाई ठक्कर दिएर लडेपछि नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले हाँकेको बा ११ च ४१४१ नम्बरको गाडीले किचेर भागेको थियो ।

तर, घटनाका प्रत्यक्षदर्शीहरुले भने मोटरसाइकलले नभई कारकै ठक्करबाट अनुपाको ज्यान गएको बताएपछि र मोटरसाइकल तत्काल नभेटिएपछि खड्का र उनको गाडीको मात्रै दोष देखिँदै आएको थियो ।

यद्यपि, घटनाका अर्को दोषीलाई प्रहरीले पक्राउ गरेसँगै दोष बाँढिन्छ वा पूमन्त्रीले उन्मुक्ति पाउँछन् त्यो भने हेर्न बाँकी छ ।

बुढानिलकण्ठ नगरपालिका–६ का ३० वर्षीय विक्रक्रम कार्कीको उपचारका लागि अस्पताल गएकी अनुपा कार्कीको दुर्घटनामा परेर मृत्यु भएसँगै उनको परिवारले दोषीलाई कारवाहीको माग गर्दै जाहेरी दिएपछि प्रहरीले ठक्कर दिएर भाग्ने मोटरसाइकलको खोजी शुरु गरेको थियो ।

कारको ठक्करबाट घाइते ती महिलाको अस्पताल नपुर्याउँदै मृत्यु भयो भने गम्भीर घाइते भएका उनका श्रीमान्को उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोस्–