१ कार्तिक २०८३, आइतबार

धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २२ असोज । धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचाररत शहीदनगर नगरपालिका–१ का ७० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएकोे हो ।

उनी असोज २० गते अस्पतालमा भर्ना भएका थिए । सोही दिन पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो । मुटुका रोगी समेत रहेका उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।