
हेटौंडा, २२ असोज । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीय सचिव सुमित्रा काफ्लेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
काफ्लेलाई सङ्क्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ । परिवारको सदस्यलाई सङ्क्रमण पुष्टि भएपछि काफ्ले १५ दिनदेखि घरमै बसेकी थिइन् ।
सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको र अहिले उनी होेम आइसोलेसनमा बसेकी छिन् ।















प्रतिक्रिया