१ कार्तिक २०८३, आइतबार

जाजरकोटमा जीप दुर्घटना : मृतकका आफन्तले चालकको घर र पसलमा आगो लगाए

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जीप दुर्घटनास्थल

जाजरकोट, २२ असोज । जाजरकोटको जुनीचाँदेमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु हुनेहरुका आफन्तले जीपचालक गोर्खबहादुर बस्नेतको घर र पसलमा आगो लगाएका छन् ।

सयौंको संख्यामा गएका स्थानीयसहितको समूहले जुनीचाँदे–५ मटेलस्थित बस्नेतको घर र छेडागाड नगरपालिकाको सुवानाउलीमा रहेको पसलमा आगो लगाएका हुन् । आगजनीको घटना थाहा पाएलगत्तै अहिले त्यसतर्फ प्रहरी टोली पठाइएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले बताएको छ ।

बुधबार दिउँसो २ बजेतिर जुनीचाँदे गाउँपालिका–२ को औलखोलामा भएको भे १ ज ९३५ नम्बरको जीप दुर्घटनामा वडा अध्यक्षसहित ७ जनाको मृत्यु भएको छ ।

जीप चालक बस्नेत फरार भएकाले स्थानीयले घटनालाई शंकास्पद भएको भन्दै कार्यवाहक अध्यक्ष र प्रमुख जिल्ला अधिकारी नआएसम्म शव उठाउन नदिने अडानमा छन् ।