
काठमाडौं, २२ असोज । अखिल नेपाल फुटबल सङ्घ एन्फाको कार्यालय ३ दिनका लागि बन्द गरिएको छ ।
केही कर्मचारीमा कोरोना पुष्टि भएपछि ललितपुरको सातदोबाटोस्थित कार्यालय आज बिहीबारदेखि ३ दिनका लागि बन्द गरिएको एन्फाले जनाएको छ । कार्यालय ७२ घण्टासम्म निःसंंक्रमण गर्न लागिएको एन्फाले निकालेको सूचनामा उल्लेख छ ।
सङ्क्रमितको सम्पर्कमा आएका कर्मचारीलाई एक हप्ता होम क्वरेन्टिनमा बस्न भनिएको छ ।















प्रतिक्रिया