१ कार्तिक २०८३, आइतबार

७ वर्षीया बालिकामाथि बलात्कार प्रयास गर्ने ४३ वर्षीय पुरूष पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिकात्मक तस्वीर

काठमाडौं, २२ असोज । ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको भन्दै काठमाडौंबाट ४३ वर्षीय एक जना पुरूष पक्राउ परेका छन् ।

दाङको घोराही नगरपालिका–४ का दुर्गे विकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । बुधबार दिउँसो करिब ४ बजे काठमाडौं महानगरपालिका–३२ महादेवस्थानस्थित बागमती कोरिडोरमा बालिकामाथि बलात्कारको प्रयास भइरहेको स्थानीयले देखेका थिए । स्थानीयले नै बालिकाको उद्दार गरेका थिए ।

बालिकाको उद्दारपछि स्थानीयले विकलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए ।