१ कार्तिक २०८३, आइतबार

नेपाली सेनामा कार्यरत एक युवाले दिए आमा-छोरीलाई ज्यान मार्ने धम्की

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पीडित आमा–छोरीले उपलब्ध गराएको तस्वीर

काठमाडौं, २२ असोज । हाल नेपाली सेनामा कार्यरत एक युवाले आफ्नै श्रीमती र छोरीलाई ज्यान मार्ने धम्की दिएका छन् ।

आफ्नै बुबाले आफू र आफ्नी आमाको ज्यान मार्ने धम्की दिएको भन्दै १६ वर्षीया छोरीले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा वयान दिएपछि घटना सार्वजनिक भएको हो ।

काठमाडौंको मुलपानीमा बस्ने ती आमाछोरीलाई ती सैनिक जवान (अभिभावक) ले बारम्बार शारीरिक र मानसिक यातना दिइरहेपछि उनीहरु मिडियासामु आउन बाध्य भएको बताउँछन् ।

छोरा नपाएको बहानामा आफ्नी आमा कमलालाई २ तलाको घरबाट खसालेको समेत उनकी छोरी प्रतिक्षाले बताएकी छिन् ।

छोरा पाउनकै लागि ती सैनिक जवानले अन्य विवाह पनि गरेको उनीहरुको भनाइ छ । तर, अर्को विवाह गरेर पनि आफूहरुलाइृ यातना दिन नछोडेको भन्दै उनीहरु मिडियामा आएको बताउँछन् ।