
वाशिङ्टन, २२ असोज । कोरोना संक्रमणबाट पीडित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संक्रमण निको नहुँदै नियमित काममा फर्किएको छन् ।
संक्रमित भएको १ साता भन्दा कम समयमै उनी ह्वाइट हाउसको नियमित काममा फर्केका हुन् । ओभल अफिस फर्केका ट्रम्पले कामको ब्रिफिङ लिएको बीबीसीले जनाएको छ ।
गत शुक्रबार उनलाई कोरोनाको संक्रमण पुष्टि भएको थियो । उपचारमा संलग्न चिकित्सकले २४ घण्टाको भन्दा बढीको अवधिमा ट्रम्पमा कोभिड–१९ को कुनै लक्षण नदेखिएको बताएका छन् । चिकित्सकका अनुसार ४ दिनदेखि ट्रम्पलाई ज्वरो देखिएको छैन भने उनलाई अक्सिजनको सहायता पनि आवश्यक्ता परेको छैन ।
डाक्टरको सल्लाहअनुसार नै ट्रम्प सोमबार सैनिक अस्पतालबाट ह्वाइटहाउस फर्किएको बताइएको छ ।
तर, नजिकिदो राष्ट्रपतीय निर्वाचनका कारण पनि उनी निको नहुँदै डिस्चार्ज भएको कतिपय समाचार संस्थाहरुले दाबी गरेका छन् ।
आगामी ३ नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग ट्रम्प प्रतिस्पर्धा गर्दै छन् । अमेरिकामा राष्ट्रपतिको चुनाव हुन लगभग १ महिना बाँकी हुँदा ट्रम्प कोरोना भाइरस सङ्क्रमित भएका थिए । त्यसले चुनावी कार्यक्रम प्रभावित भइरहेको छ ।















प्रतिक्रिया