१ कार्तिक २०८३, आइतबार

ललितपुर महानगरका मेयर चिरीबाबु कोरोना संक्रमणमुक्त

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना संक्रमणमुक्त भएका छन् ।

यही असोज ८ गते महर्जनलाई ज्वरो र खोकी देखिएपछि पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि असोज १५ गतेसम्म घरमै बसेका थिए । घरमै रहँदा असोज १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएका थिए ।

पछिल्लोपटक गरिएको स्वाब परीक्षणको रिपोर्ट बुधबार आएको हो । उक्त रिपोर्टमा मेयर महर्जनमा कोरोना निको भएको पुष्टि भएको हो । संक्रमणमुक्त भएसँगै अब उनी छिट्टै महानगरको नियमित काममा फर्किने बताएका छन् ।