
काठमाडौं, २१ असोज । नेपाली कांग्रेसका नेता एवं संघीय सांसद गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्नुपर्ने बताएका छन् ।
पशुपति विकास कोषको नयाँ गुरूयोजनाबारे बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भनेका छन्, ‘पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना, न त निर्माण प्रक्रिया मिल्छ न त सामग्री नै ! यो गुरूयोजना नै हैन ! अतः यसलाई खारेज गरौँ । पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ । तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागीतामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग हो ।’
उनले आफ्नो टिप्पणीमार्फत पुरानो गुरूयोजनाको समीक्षा गरिनुपर्ने र अर्कै नयाँ गुरुयोजना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
हाल सरकारको गुरूयोजनालाई लिएर विभिन्न आनदोलनका कार्यक्रमहरु भइरहेका छन् । गुरूयोजनालगायतको विरोधमा पशुपति क्षेत्र संयुक्त संघर्ष समिति नै गठन गरेर स्थानीय बासिन्दा केही समयदेखि आन्दोलनमा छन् ।
पशुपति क्षेत्रको वृहत्तर विकासका नाममा गुरूयोजना बनाइए पनि त्यो धार्मिक आस्था र साँस्कृतिक अवमूल्यन गर्ने खालको रहेको भन्दै विरोध भइरहेको हो ।















प्रतिक्रिया