
काठमाडौं, २१ असोज । सोमबारदेखि नेपालमा सिजनकै स्लिकेस्ट फोन ‘ओपो एफ१७’ को फस्र्टसेल मार्फत विक्री खुल्ला गरिएको छ ।
सेप्टेम्बर २७का मा ओपो एफ१७प्रो, एन्को डब्ल्यू ५१ टीडब्ल्यूएस र ओपो वाट्चेजका साथमा ओपो एफ१७ पनि सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिए पनि कार्यक्रम मार्फत फोनको फस्र्ट सेल मितिबारे मात्र जानकारी दिइएको थियो ।
अहिले नेपाली बजारमा उपलब्ध गरिएको ओपो एफ१७ को बजारमूल्य रू. ३३ हजार ९९० निर्धारण गरिएको छ । जम्मा ७ दशमलव ४५ एमएम मोटाई र १६३ ग्राम वजन रहेको ओपो एफ१७ सिजनकै स्लिकेस्ट फोन भएको कम्पनीको दाबी छ ।
ओपोको नेपाल भर रहेका प्रमुख विक्री केन्द्रहरु मार्फत एफ१७ उपलब्ध गरिएको छ । नेपालमा फोन ८जीबी+१२८ जीबी भ्यारिएन्टमा सार्वजनिक गरिएको हो ।
ओपो एफ१७ का विशेषता
ओपो एफ१७ को एक प्रमुख विशेषता मध्य यसको वजन पनि एक हो । कम्पनी काप्रो भर्जनका तुलनामा एफ१७ मात्र ७ दशमलव ४५ एमएम मोटाइका साथ अझ पातलो बडीमा उपलब्ध गरिएको छ ।
त्यसैगरी प्रो भन्दा १ ग्राम कम यसको वजन जम्मा १६३ ग्राम रहेको छ । एफ१७ लाई स्न्यापड्रागन ६६२ एसओसी ओक्टा–कोर चिपसेट क्लक्ड एट २जीएचजेडले सञ्चारित गर्छ । उपकरणमा कलर ओएस ७.२ मा आधारित एण्ड्रोइड १० सञ्चालन प्रणालीको ब्यवस्था गरिएको छ ।
ओपो एफ१७ मा सेल्फी क्यामेराका लागि वाटर–ड्रप नोट्चका साथमा ६ दशमलव ४४ ईञ्चको फूल एचडी एमोलेड स्क्रिनको ब्यवस्था गरिएको छ । साथै, फोनमा इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध छ ।
त्यसैगरी फोनको पछिल्लो भागमा एफ २ दशमलव २ सहित १६एमपी क्षमताको प्राइमरी शुटर ८ एमपी वाइड–एंगल क्यामेरा र दूई ओटा मोनो सेन्सरसहित क्वाड–क्यामेरा सेटअप दिइएको छ । फोनको अघिल्लो भागमा १६ एमपी क्षमताका शुटरको व्यवस्था फोनमा रहेको छ ।
यस फोनमा ४ हजार १५ एमएएच क्षमताको ब्याट्रीका साथै, टाइप(सी पोर्ट मार्फत सपोर्ट हुने ३०वाट फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध गरिएको छ । नेपाली बजारमा लेडर जस्तो देखिने फिनिशका साथमा नेभी ब्ल्यू र डायनामिक अरेन्ज गरी दूई भिन्न रंगमा फोन उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।















प्रतिक्रिया