
काठमाडौं, २१ असोज । वरिष्ठ कलाकार स्व. प्रेममान चित्रकारद्वारा रचित र वरिष्ठ संगीतकार तथा गायक सुमन कपालीको स्वरमा सजिएको ‘मखु जिं त्वनागु’ भिडियोसहित बजारमा आएको छ ।
उक्त गीत स्व. चित्रकारको ४५औं पुण्य तिथिको दिन पारेर उनीप्रति श्रद्धाञ्जलीस्वरुप ज्योति म्युजिकको अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।
फिरोज बज्राचार्य र गायक सुरजवीर बज्राचार्यको कम्पोजमा बनेको उक्त गीतको भिडियोलाई विश्वास बज्राचार्यले निर्देशन गरेका छन् भने क्यामेरा तथा सम्पादन बिजन बज्राचार्यले गरेका छन् ।
नेपाल भाषाको अन्य म्यूजिक भिडियो भन्दा अलि पृथक शैलीमा साल्सा, आधुनिक र नेवारी नृत्य समावेश गरेर बनाइएको भिडियोमा नृत्य निर्देशन राजिव बज्राचार्यले गरेका छन् ।
यसैगरी यो म्यूजिक भिडियोमा सुरज नापित र बिनिता महर्जनले प्रमुख कलाकारको भुमिकामा देखिएका छन् । यस्तै हसना महर्जन, रुक्साना महर्जन, रमन महर्जन र रोहन महर्जनले सह–कलाकारको भूमिका निर्वाह गरेका छन् ।
भिडियो हेर्नुहोस् –















प्रतिक्रिया