१ कार्तिक २०८३, आइतबार

काठमाडौं उपत्यकामा थपिए १०१७ जना नयाँ संक्रमित

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार १७ जनामा कोरोना संक्रमित थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५९१ जनामा संक्रमण देखिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार १७ जना थपिएका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ । तर, रोकथामको थप उपाय भने सरकारले अवलम्बन गर्न सकिरहेको छैन ।

यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीका ९६ जना, चितवनका ८१, दाङका ३४, मोरङका २७, काभ्रेका २४, गोरखा र कैलालीका २०/२० जना, सुनसरीका १९, महोत्तरीका १५, नवलपुरका १३, धनुषाका १२, सिराहा र कालीकोटका १०/१० जनामा संक्रमण देखिएको छ ।

सर्लाही र दैलेखका ७/७ जना, रौतहट र मकवानपुरका ६/६ जना, धादिङ, नुवाकोट, स्याङ्जा र बैतडीका ५/५ जना, झापा, रुकुम पश्तिम र कञ्चनपुरका ४/४ जना, उदयपुर र सिन्धुपाल्चोकका ३/३ जना, इलाम, धनकुटा, पर्सा, बारा, सप्तरी, रामेछाप, सिन्धुली, कास्की, तनहुँ, अर्घाखाँची, कपिलवस्तु, गुल्मी र रोल्पाका २/२ जना तथा खोटाङ, ताप्लेजुङ, दोलखा, म्याग्दी, लजमुङ, बाग्लुङ, सुर्खेत, डडेलधुरा, डोटी र बझाङका १/१ जनामा संक्रमण देखिएको छ ।