
जनकपुरधाम, २० असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी धनुषाले जिल्ला अध्यक्षमा रामचन्द्र यादवलाई सर्वसम्मत चयन गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच एकतापछि जिल्ला कार्य समिति समायोजन गर्ने क्रममा अध्यक्ष यादवसहित एकीकृत जिल्ला कार्य समिति सोमबार चयन गरिएको हो ।
राप्रपाका केन्द्रीय सदस्य एवं कार्य सम्पादन समितिका सदस्य कृष्णप्रताप मल्लको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यहरु मनोजप्रताप मल्ल र प्रेक्षा मल्लको पनि उपिस्थिति थियो ।
समायोजन कार्यक्रममा राप्रपाका अध्यक्ष श्रवनकुमार झा, पूर्वकेन्द्रीय सदस्य नथुनिलाल दास, प्रमोद गोइन्का, प्रदेश सदस्य असर्फी झा, विक्रम पजियार, रामनारायण ठाकुर, दिलिपकुमार साह, कमलेश कुमार मण्डल, रवीन्द्र कुमार यादव, गोपीप्रसाद शिवहरे समेतको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया