
काठमाडौा, १९ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले देशभरका ठूला अस्पतालका निर्देशकहरूसँग सोमबार भर्चुवल माध्यमबाट छलफल गरेका छन् ।
छलफलमा २५ अस्पतालका निर्देशकले सहभागिता जनाएका थिए ।
मन्त्रीले निर्देशकहरूसँग भोगिरहेका समस्या, हाल गरिरहेको काम, मन्त्रालयसँगको अपेक्षाका बारेमा छलफल गरे । उनले कुनै पनि समस्या प्रभावकारी रूपमा राख्न अनुरोध गर्दै त्यसको समाधानका लागि मन्त्रालय तयार रहेको जानकारी गराए ।















प्रतिक्रिया