१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री कोइराला १२ किलो बढे छन् ! तौल ६४ किलो, तर पनि खुसी छैनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM Address on Garibi Ghar Paichan Boardकाठमाडौं, ७ चैत । क्यान्सरको उपचारपछि प्रधानमन्त्री सुशील कोइराला मोटाइएका छन् । उनको तौल ६ महिनामा १२ किलो बढेको छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा करवीरनाथ योगीका अनुसार असोजसम्म कोइरालाको तौल ५२ केजी थियो ।

अहिले बढेर ६४ केजी पुगेको नयाँ पत्रिका दैनिकले छापेको छ । तर, तौल बढ्दै गएकोमा उनी खुसी छैनन् ।

‘बढ्दो तौलले उहाँलाई खुसी दिएको छैन्,’ डा. योगी भन्छन्, ‘यसरी तौल बढ्दै गयो भने थप समस्या होला भन्ने चिन्ताले पनि होला बेलाबखत तौल घटाउने उपाय सोधिखोजी गर्नुहुन्छ ।’