१ कार्तिक २०८३, आइतबार

सांसदहरु अराजक बनेपछि भोलिसम्मका लागि प्रदेशसभा बैठक स्थगित

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १९ असोज । विपक्षी दल नेपाली कांग्रेसको विरोध हुँदा हुँदै पनि सुचारु भएको प्रदेश नम्बर ५ को प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

सभामुख पूर्ण घर्तीमगरले मंगलबार दिउँसो १२ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन् । आजको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ राप्ती उपत्यका तोक्ने प्रस्ताव छलफलका लागि पेश गरेका थिए ।

छलफलमा केही सांसदले भाग लिए भने कांग्रेस सांसदले उभिएर विरोध जनाए । उनीहरु उभिएर विरोध जनाइरहेका भए पनि बैठक सुचारु भइरहेपछि आक्रोशित बनेका कांग्रेसका सांसदले सभाहलभित्र तोडफोडमै उत्रिए ।

तोडफोडका क्रममा उनीहरुले कुर्सी, टेबुल र माइक फुटाएका छन् ।