१ कार्तिक २०८३, आइतबार

राष्ट्रिय सहकारी बैंकले गण्डकी प्रदेशमा नमूना परियोजना सञ्चालन गर्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १९ असोज । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले गण्डकी प्रदेशमा नमूना परियोजना सञ्चालन गर्न लागिएको बताएका छन् ।

सहकारी बैंकले एउटा प्रदेशमा नमूना परियोजना सञ्चालन गर्ने योजना अन्तर्गत पहिलो पटक गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा प्रदेश स्तरीय नमूना परियोजना अगाडि बढाउन लागेको उनले बताए ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा आइतबार भएको बैंकको प्रगति समीक्षा एवम् भावी कार्यदिशा ः सभावना र चुनौती विषयक एकदिने गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे उनले सो कुरा बताएका हुन् ।

उनले सहकारी अभियानका तर्फबाट के गर्न सकिन्छ ? सुझाव र समन्वय गर्न सबैमा आव्हान गरेका छन् । उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा काम गर्ने गरी सञ्चालन गर्न लागिएको परियोजना सहकारी संघ संस्थाहरु मार्फत नै गरिने भएकाले योजना बनाउन आग्रह गरेका छन् ।

त्यस्तै प्रत्येक प्रदेशमा एउटा पालिकामा गरिवी निवारणका नमूना परियोजना सञ्चालन गर्न लागिएको उनको भनाइ छ । गरिब घर पहिचान गरी सबै भन्दा बढी गरिव घर परिवार भएको एउटा प्रदेशको एउटा पालिकामा कार्यक्रम अगाडि बढाउने बैंकले तयारी गरेको छ । देशभरका सहकारी संघहरु मध्ये पहिचो चरणमा १० वटा संघहरुको संस्थागत विकासमा बैंकले सहयोग गर्ने कार्यक्रम अगाडि बढाएको अध्यक्ष उप्रेतीले जानकारी दिए ।

सदस्य संस्थाहरुका लागि सञ्चालन गरेका कार्यक्रम तथा योजनाहरुको जानकारी तथा समिक्षा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सहकारी बैंकले बताएको छ ।

कार्यक्रममा जिल्ला स्तरीय सहकारी संघका अध्यक्षहरु, विषयगत सहकारी संघका अध्यक्षहरु, बैंकका शाखा समन्वय उपसमितिका संयोजक तथा सदस्यहरु, गण्डकी प्रदेशबाट राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय विषयगत सहकारी संघहरुमा प्रतिनिधित्व गर्ने सहकारी अगुवाहरुको कार्यक्रममा सहभागिता थियो ।

कार्यक्रमका सहभागीहरुले सहकारी क्षेत्रमा देखिएका अन्यौलताहरुलाई सहजीकरण गरेर सहज रुपमा अगाडि बढ्ने वातावरण सिर्जना गर्नका लागि सरकार र अभियानको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताएका छन् ।

सहकारी ऐनको कार्यान्वयनका सन्दर्भमा मुख्य कारोबार, दोहोरो सदस्यता, साधारणसभा, ब्याजदर लगायतका विषयमा सहकारीकर्मीहरुमा अन्यौलता देखिएको र त्यसको व्यवस्थापनमा सहकारी अभियान र विभागले समन्वय गर्नु पर्नमा सहभागीहरुको जोड थियो ।

सहकारी क्षेत्रलाई कमजोर बनाउन विभिन्न तरिकाले सहकारी अभियानबीच फाटो ल्याउने, अनावश्यक प्रतिस्पर्धा गर्ने जस्ता क्रियाकलापले सहकारी क्षेत्रले राम्रो प्रतिफल दिन नसक्ने भएकाले एकीकृत भावना र योजनाका साथ अगाडि बढ्नु पर्ने सहकारीहरुको भनाइ थियो ।