
गुल्मी, १९ असोज । गुल्मीमा ट्याक्टर दुर्घनामा परी सोमबार एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
गुल्मी दरबार गाउँपालिका–१ बलिथुमवाट चन्द्रकोट गाउँपालिकाको मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बरको ट्याक्टर सोमबार बिहान बलीथुमको टापुमा दुर्घटना भएको हो ।
दुर्घटनामापरि ट्याक्टरमा सवार गुल्मी दरबार गाउँपालिका–१ माझीगाउँका १६ वर्षीय धनबहादुर माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ । उनको ट्याक्टरको चक्काले च्यापेर ज्यान गएको बताइएको छ ।
दुर्घटनामा परी गुल्मी दरवार गाउँपालिका–१ माझीगाउँका १५ ववर्षीय लालबहादुर बुढा मगर र ट्याक्टर चालक कपिलबस्तु घर भएका बर्ष ३० का रेशम ताम्राकार घाइते भएका छन् ।















प्रतिक्रिया