१ कार्तिक २०८३, आइतबार

बुटवलमै राजधानी राख्न कांग्रेस नेता खाँणको माग

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १९ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रदेश राजधानी बुटवलमै हुनुपर्ने बताएका छन् ।

सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै उनले राजधानीको बारेमा विज्ञ समूहले दिएको सुझावलाई पन्छाएर गलत प्रक्रिया अपनाइएको भन्दै त्यसको विरोध गरेका छन् ।

‘प्रदेश सरकारले विज्ञको सल्लाह र सुझावलाई पन्छाएर नयाँ ठाउँमा पड्यन्त्रपूर्वक राजधानी सार्ने प्रस्तावले यस क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रन पर्ने अवस्था सृजना हुनु दुःखद पक्ष हो’, खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनले राजधानी सार्ने कार्यको विरोध कार्यक्रममा शान्तिपूर्ण रुपले सहभागी हुन पनि रुपन्देहीवासीलाई अनुरोध गरेका छन् ।

‘प्रदेश सरकारले राजनीतिक पूर्वाग्रह राखी राजधानी सार्न खोज्नु यस क्षेत्रका नागरिकको भावनाविपरीत रहेकाले निषेधाज्ञा जारी गरेर जबरजस्ती प्रस्ताव पास गर्ने कार्यलाई स्थगन गरी बुटवललाई नै यथावत कायम गर्न जोडदार माग गर्दछु’, उनले विज्ञप्तिमा लेखेका छन् ।